आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने
- ०८ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।
अहिले देशका हिमाली र पहाडी भेगमा मौसम सामान्यतया बदली भएको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका साथै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भेगका साथै तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।