१० साउन २०८३, आइतवार
26 July 2026, Sunday

एमाले र नेकपाबीच ३ बुँदे सहमति: प्रदेश सरकार गठन र नेतृत्व बाँडफाँड

एमाले र नेकपाबीच ३ बुँदे सहमति: प्रदेश सरकार गठन र नेतृत्व बाँडफाँड

काठमाडौं- नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेबारे तीन बुँदे सहमति भएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा यस्तो सहमति बनेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताए।

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले नेतृत्व गर्नेछ।

मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा रहेका अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको ढाँचा तय गरिने सम्झौतामा उल्लेख छ।