१४ साउन २०८३, बिहिबार
30 July 2026, Thursday

प्रधानमन्त्रीले बैठक नबोलाएकोप्रति एमालेको आपत्ति, पोखरेलले भने- लामिछानेको पहल सकारात्मक छ

प्रधानमन्त्रीले बैठक नबोलाएकोप्रति एमालेको आपत्ति, पोखरेलले भने- लामिछानेको पहल सकारात्मक छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले दङ्गा र भीड नियन्त्रणका लागि सुरक्षा निकाय किन असफल भएको छ सरकारले समीक्षा गर्नुपर्ने बताएका छन्। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले स्रोत र साधनको अभावले हो या अरु प्रभावमा परेर भीड तथा दंगा नियन्त्रण गर्न नसकेको हो सरकारले समीक्षा गर्नुपर्ने धारणा राखे।

उनले मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न आज मात्र नभई भविष्यका लागि पनि सुरक्षा निकायलाई सक्षम बनाउनुपर्ने बताएका छन्। प्रधानमन्त्रीले अग्रसरतामा सरकारले सर्वदलीय बैठक गर्नुपर्नेमा त्यसो हुन नसकेकोप्रति टिप्पणी गरे। उनले सरकारबाट त्यो हुन नसकेकाले रास्वपा सभापतिले बोलाएको हुन सक्ने भएपनि यो सकरात्मक रहेको उल्लेख गरे। उनले सबै पक्ष संयमित भएर अगाडि बढ्नुपर्ने धारणा राखे।