२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

११ दिनपछि बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार

११ दिनपछि बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार

काठमाडौं- रसुवाको भोटेकोशी बाढीपछि हराइरहेकी ६० वर्षीया चण्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार भएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले शनिबार बेत्रावतीस्थित एउटा चार तले घरबाट उनको उद्धार गरिएको जानकारी दिए।

उनका अनुसार हिलोमा फसेको अवस्थामा श्रेष्ठलाई निकालिएको हो। उद्धारपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत त्रिशूली लगिएको कार्कीले बताए।