२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

बाढीपहिरोमा ज्यान गुमाउनेको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

बाढीपहिरोमा ज्यान गुमाउनेको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

काठमाडौं- रसुवाको भोटेकोशी नदीसहित देशभर आएको बाढी, पहिरो र प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरुको सम्झनामा पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ। दिवंगत आत्माको शान्तिको कामना गर्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर अगाडि दीप प्रज्वलन आयोजना गरेको हो।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले मृतकलाई श्रद्धाञ्जली दिनुका साथै घाइतेको छिटो स्वास्थ्य लाभ र बेपत्ता भएकाहरु छिट्टै फेला परून् भनेर कामना गरिएको बताए।

दीप प्रज्वलन कार्यक्रममा हजारौँ भक्तजन सहभागी थिए। यसअघि बिहान पशुपतिनाथस्थित बागमती किनारमा मृतक र प्रभावितहरुको सम्झनामा विभिन्न धर्मग्रन्थ समेत पाठ गरिएको थियो।