प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ जम्मा
- २४ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख रुपैयाँ रहेको बताएको छ।
यसमध्ये नौ वटा बैंकको खातामा ८ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रकम छ। त्यस्तै, अरू दुई वटा बैंकमा २ करोड ११ लाख अमेरिकी डलर राखिएको छ। सरकारले सहयोगको अपिल गरेपछि देश र विदेशबाट यो रकम उठेको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको काम गर्न यसअघि नै कोषबाट १ अर्ब रुपैयाँ विपद् व्यवस्थापन प्राधिकरणलाई दिइसकिएको छ।