२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

उद्योगमन्त्री यादवको राजीनामा, दीपककुमार साह मन्त्रीमा सिफारिस

उद्योगमन्त्री यादवको राजीनामा, दीपककुमार साह मन्त्रीमा सिफारिस

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।

यादवले राजीनामा दिएलगत्तै सरकारले उद्योगमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ। प्रधानमन्त्री शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। सुनसरी क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद रहेका इन्जिनियर साहलाई आजै मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ।