२२ अशोज २०८३, बिहिबार
8 October 2026, Thursday

एनपिएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदान चिटिक्क पारिँदै

एनपिएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदान चिटिक्क पारिँदै

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको मर्मत र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने प्रतियोगिताका लागि मैदान तयार गर्ने काम धमाधम भइरहेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दसैँसम्म सबै काम सक्ने योजना रहेको बताए। विगतमा दर्शकले भोगेका शौचालय र धुलोको समस्या यसपटक दोहोरिन नदिन विशेष ध्यान दिइएको उनले जानकारी दिए। दर्शक क्षमता बढाउनुका साथै मैदान प्रवेश गर्ने बाटो र गेट सुधार गर्न क्यानले काम गरिरहेको छ।

प्रतियोगिता दसैँ र तिहारको बीचमा भए पनि क्रिकेट समर्थकको उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी खेलाडीको उपलब्धता र अन्य लिगको समयलाई हेरेर यो मिति तय गरिएको पारसले बताए। यसपटक टोलीहरुले चर्चित विदेशी खेलाडी ल्याइरहेकाले टिभीमा देखेका खेलाडीलाई प्रत्यक्ष हेर्न दर्शक मैदान ओइरिने उनले विश्वास व्यक्त गरे।