कदिवसीय मान्यता जोगाउने दबाबमा नेपाल, आज क्यानडासँग भिड्दै
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
ओमान – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमरात क्रिकेट मैदानमा हुने यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ।
ओमानले शुक्रबार क्यानडालाई हराएपछि नेपाल सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना सकिएको छ। अब नेपालको मुख्य लक्ष्य शीर्ष ६ भित्र परेर आफ्नो एकदिवसीय मान्यता जोगाउनु हो। लिग–२ को अंक तालिकामा ३२ खेल खेलेको नेपाल २४ अंकसहित सातौँ स्थानमा छ। क्यानडा भने ३३ खेलबाट २५ अंक जोड्दै छैटौँ स्थानमा छ। आजको खेल जितेमा नेपालले क्यानडालाई पछि पार्नेछ।
सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिने नेपाली टोलीलाई ब्याटिङ र बलिङ दुवैमा सुधार गर्नुपर्ने दबाब छ। यो अन्तिम शृंखलामा नेपालले क्यानडा र घरेलु टोली ओमानसँग दुई–दुई खेल खेल्नेछ। एकदिवसीय मान्यता जोगाउन नेपालले यी खेलहरूमा राम्रो नतिजा निकाल्नैपर्ने अवस्था छ।