१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

नवनियुक्त तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार (३० कात्तिक) राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच उनीहरूले शपथ ग्रहण गरेका हुन्। शपथ लिनेहरूमा भारतका लागि राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्ण रहेका छन्।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।