२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

सत्संगमा भएको भागदौडबाट मृत्यु हुनेको संख्या ११६ पुग्यो

सत्संगमा भएको भागदौडबाट मृत्यु हुनेको संख्या ११६ पुग्यो

भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ।

मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो। नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो। सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न प्रहरी अतिरिक्त महानिर्देशकको नेतृत्वमा समिति गठन गरेका छन्।