६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

आरजु पक्रन प्रहरी खटाइएको भन्ने समाचारबारे बोल्यो सिआइबी

आरजु पक्रन प्रहरी खटाइएको भन्ने समाचारबारे बोल्यो सिआइबी

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणा पक्राउ गर्न सिआइबी टोली खटाइएको विषय समावेश गरी सार्वजनिक भएका समाचार असत्य रहेको जनाएको छ ।

सिआइबीले आज एक विज्ञप्ति जारी गरी उक्त समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएको भन्दै यस्ता समाचार प्रकाशन नगर्न अनुरोध पनि गरेको छ।

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा विभिन्न व्यक्तिको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटाइएको भनी सत्यता परीक्षण नै नगरी आफूखुसी भ्रम सिर्जना गर्ने उद्देश्यले कपोलकल्पित समाचार अतिरञ्जित तवरले प्रकाशन गरिएको दावी गरिएको छ।