२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

अवैधरूपमा साउदीमा कार्यरत १४६ नेपालीले पाए स्वदेश फर्किने भिसा

अवैधरूपमा साउदीमा कार्यरत १४६ नेपालीले पाए स्वदेश फर्किने भिसा

न्युयोर्क- अवैधरूपमा साउदी अरेबियामा काम गरिरहेका १४६ कामदारले नेपाल आउने भिसा (एक्जिट भिसा) पाएका छन्। साउदीस्थित नेपाली दूतावासको पहलमा साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका १४६ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका हुन्।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने भएकाले यसबापत कुनै पनि निकायमा शुल्क बुझाउनु नपर्ने दूतावासले सम्बन्धित पक्षलाई दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। दूतावासका अनुसार एक्जिट भिसा पाएका कामदारको कागतजात बनाएर स्वदेश फर्किने बाटो बनाइदिने दूतावासले जनाएको छ। एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट कामदार स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ।

गैरकानुनीरूपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीतिअनुरूप साउदी अध्यागमनले थुप्रै विदेशी श्रमिकलाई एक्जिट भिसा दिइरहेको छ। एक्जिट भिसा दिन थाले यता झण्डै चार तीन हजार नेपालीहरु स्वदेश फर्किसकेको दूतावासले जनाएको छ। इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरुब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ हुन्छ। यसका लागि सम्बन्धीत देशको दूतावासले पहल गर्नुपर्छ।

एक्जिट भिसा प्रोसेसिङ गदाृ अफ्ठ्यारोमा परेका नेपालीहरुलाई आवश्यक जानकारी र सहजीकरणका लागि रियादस्थित दूतावासको कार्यालय र जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा बिदाको दिनबाहेक कार्यालय समयभित्र सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ।