२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

एनआरएनए न्यूयोर्कले मनायो तीज तथा दर खाने कार्यक्रम

एनआरएनए न्यूयोर्कले मनायो तीज तथा दर खाने कार्यक्रम

न्यूयोर्क : गैरआवासीय नेपाली संघ(एनआरएनए) न्यूयोर्कले भव्यताका साथ तीज दर कार्यक्रम मनाएको छ। एनआरएनएको राष्ट्रिय समन्वय परिषद् अमेरिकाको न्यूयोर्क च्याप्टरको आयोजनामा न्यूयोर्कको दिव्य धाम मन्दिर, 34-6356th St, वुडसाइड, NY 11377 मा कार्यक्रम भएको हो।

सेप्टेम्बर १ आइतबारका दिन बेलुका ६ बजेदेखि राती ११ बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा प्रवेश निशुल्क हुने व्यवस्था रहेको आयोजकले जनाएका छन्।

उक्त तीज दर कार्यक्रममा नेपाली मूलका लगायत अन्य विभिन्न व्यक्तिहरु सहभागी भएका थिए। कार्यक्रममा नृत्य, गिती नाटकलगायत कला प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो।