२४ भदौ २०८३, बुधबार
9 September 2026, Wednesday

हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु

हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु

 न्युयोर्क– अमेरिकामा हेलेन आँधीका कारण मर्नेको सङ्ख्या १२८ नाघेको छ। यो सङ्ख्या अझ बढ्दै जान पनि सक्ने अनुमान गरिएको छ।

नर्थ क्यारोलिनामा ५८, साउथ क्यारोलिनामा ३०, जर्जियामा २५, फ्लोरिडामा ११, टिनेजमा ४ तथा भर्जिनियामा २ जनाको ज्यान गएको हो।

हेलेनको यो वितण्डापछि पश्चिम क्यारेबियन तथा ‘गल्फ अफ मेक्सिको’ बाट नयाँ आँधीको सम्भावना समेत देखिएको छ। त्यो आँधी हेलेन जस्तै शक्तिशाली नहुने अनुमानसमेत गरिएको छ।

बाढीले पछिल्लो समय नर्थ क्यारोलिनामा असर गरेको हो। नर्थ क्यारोलिनामा संरचना भत्किएका छन्। अस्पतालको अवस्थासमेत सहज छैन। नर्थ क्यारोलिनाको पश्चिमी भागमा अझ बढी क्षति भएको त्यहाँका गभर्नर रोय कुपरले बताएका छन्। उनले अहिले ध्वस्त भएका संरचना तयार हुन धेरै वर्ष लाग्ने बताएका छन्।