२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

धमाधम रोजगारी कटौती गर्दै टिकटक

धमाधम रोजगारी कटौती गर्दै टिकटक

न्युयोर्क- सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आफ्नो विश्वव्यापी कार्यालयबाट सयौं कर्मचारीहरूलाई हटाइरहेको छ।  टिकटकले मलेसियामा ठूलो संख्यामा कर्मचारीहरू कटौती गर्दै  एआईको  प्रयोगमा ध्यान केन्द्रित गरेको छ।

रोयटर्सलाई प्राप्त जानकारीअनुसार टिकटकले मलेसियामा ७०० भन्दा बढी रोजगारी कटौती गरिएको थियो। चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले भने ५०० भन्दा कम कर्मचारी कटौती गरेको बताएको थियो।

कम्पनीको वेबसाइटका अनुसार बाइटडान्सका विश्वका २०० भन्दा बढी सहरहरूमा ११०,००० भन्दा बढी कर्मचारीहरू छन्।