७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

रक्षा खर्च ३० प्रतिशतले बढाउन रुसी संसद् सहमत

रक्षा खर्च ३० प्रतिशतले बढाउन रुसी संसद् सहमत

न्युयोर्क- रुसी सांसदहरूले बिहीबार रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेका छन्। यसले युक्रेनविरुद्धको सैन्य आक्रमणका लागि अर्को वर्ष थप ठूलो खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मस्कोले आफ्ना लाखौँ अग्रपङ्क्तिका सैनिकलाई आकर्षक तलब दिएर सोभियत कालदेखि अहिलेसम्म नदेखेको स्तरमा सैन्य खर्च बढाएको छ। तल्लो सदन स्टेट डुमाका सांसदहरूले बिहीबार बजेट पारित गर्ने पक्षमा मतदान गरेका हुन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षको शुरुमा मस्कोले आफ्नो अर्थतन्त्रको करिब नौ प्रतिशत रक्षा र सुरक्षामा खर्च गरिरहेको बताएका थिए। यो आँकडामा रुसी बजेटका अन्य भागहरू समावेश छन् जुन अनिवार्य रूपमा सुरक्षा खर्च हुन् तर यसलाई ‘राष्ट्रिय रक्षा’ को रूपमा वर्गीकृत गरिएको छैन।

‘राष्ट्रिय रक्षा’ मारुसको जीडीपीको छ प्रतिशत भन्दा बढी एक खर्ब ३४ अर्ब अमेरिकी डलर खर्च गर्ने बजेटमा व्यवस्था गरिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले यसै वर्षको सुरुमा मस्कोले आफ्नो अर्थतन्त्रको करिब नौ प्रतिशत रक्षा र सुरक्षामा खर्च गरिरहेको बताएका थिए।

डुमाका सभामुख तथा पुटिनका सहयोगी व्याचेस्लाभ भोलोदिनले भने, ‘खर्च योजनाले सबै सामाजिक दायित्वहरू सुनिश्चित गर्छ, विकास कार्यहरू समाधान गर्छ र हाम्रो देशले सामना गर्नुपरेका चुनौतीहरूको जवाफ दिन्छ।’ यो बजेटलाई संसदको माथिल्लो सदनले पारित गर्नुपर्छ भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यान्वयनमा जान्छ।