२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

पत्रकार मातृका दाहाललाई ‘एन्टी करप्सन च्याम्पियन अर्वाड’ बाट पुरस्कृत

पत्रकार मातृका दाहाललाई ‘एन्टी करप्सन च्याम्पियन अर्वाड’ बाट पुरस्कृत

न्युयोर्क- पत्रकार मातृका दाहालले अमेरिकी सरकारले स्थापना गरेको भ्रष्टाचार विरुद्धको ‘एन्टी करप्सन च्याम्पिएन अवार्ड’ प्राप्त गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी जे व्लिन्कनले पत्रकार दाहाललाई वासिङ्टन डीसीस्थित विदेश मन्त्रालयमा आयोजित विशेष समारोहका बीच उक्त अवार्ड प्रदान गरेका हुन्।

दाहाललाई भ्रष्टाचारविरुद्ध साहसिक काम गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो। दाहाल हाल कान्तिपुरसँग आवद्ध छन्।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि २०२१ मा जो वाइडेनले विश्वभर भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त पार्न र संसारभर सुशासन कायम गर्ने लक्ष्यका साथ विभिन्न पेशा व्यवसायमा रहेर उत्कृष्ट काम गर्नेलाई सम्मान गर्न यो पुरस्कारको स्थापना गरेका थिए। सोही अन्तर्गत सन् २०२४ का लागि पत्रकार दाहाललाई यो अवार्ड दिइएको हो।

दाहालसहित अन्य मुलुकका ९ जनाले यो अवार्ड प्राप्त गरेका हुन्।