७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर

अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिबाट युक्रेनलाई दियो २० अर्ब डलर

न्युयोर्क- अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ। अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो। बीबीसीका अनुसार यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी७ समूहका सदस्य राष्ट्रहरूले गत जुनमा घोषणा गरेका थिए।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ “रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने” बताए। उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए।

अमेरिकाले युक्रेनलाई यो सहयोग त्यस्तो समयमा दिएको हो, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि मात्र आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए। ट्रम्पले आगामी जनवरी २० देखि अमेरिकी सत्ता सम्हाल्दै छन्।