२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

मस्को विस्फोटमा मारिए रुसी जनरल

मस्को विस्फोटमा मारिए रुसी जनरल

न्युयोर्क- रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ।

रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताइन्।

“अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वारनजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ‚’ प्रवक्ताले भनिन्, ‘रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्।”

पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान शुरु गरेको छ। हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ।