२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

न्युयोर्क- इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा पन्ध्र जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन्।

शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो।

दक्षिणपश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुङ्गाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो।

उद्धारकर्ताहरूका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण डुङ्गा पल्टिएको थियो।