७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीलाई प्रतिबन्ध लगायो

अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीलाई प्रतिबन्ध लगायो

अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति निकालेर पाकिस्तानको चार कम्पनीलाई प्रतिबन्ध लगाएको जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको लामो दूरीको मिसाइल कार्यक्रम र त्यसको खतरालाई ध्यानमा राख्दै कार्यकारी आदेशअन्तर्गत चार पाकिस्तानी संस्थामाथि प्रतिबन्ध लगाएको उल्लेख छ ।

अमेरिकाले प्रतिबन्ध लगाएका चार पाकिस्तानी कम्पनीमा नेशनल डेभलपमेन्ट कम्प्लेक्स, अख्तर एन्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेशनल र रकसाइड इन्टरप्राइज रहेका बीबीसीको खबरमा उल्लेख छ ।