२६ भदौ २०८३, शुक्रबार
11 September 2026, Friday

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा एककाे मृत्यु, तीन बेपत्ता

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा एककाे मृत्यु, तीन बेपत्ता

सियोल। दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुई वटा डुङ्गा डुब्दा एककाे मृत्यु भएकाे छ भने तीन बेपत्ता भएका छन् । योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ९ः२५ बजे चालक दलका सदस्य सहितको ३२ टन तथा २९ टन वजनको डुङ्गा टापु जेजुमा डुबेको हो ।

उद्धार गरिएकामध्ये एकलाई हृदयघात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो । बाँकी तीन जना चालक दलका सदस्यहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।