२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

भर्जिनियामा नेपाली समुदायबीच ब्याडमिन्टन प्रतियोगिता

भर्जिनियामा नेपाली समुदायबीच ब्याडमिन्टन प्रतियोगिता

न्युयोर्क-  अमेरिकाको भर्जिनिया राज्यमा रहेको नेपालीहरूको संस्था डिएमभी युथ एकेडेमीले प्रथम खुला जोडी तथा एकल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितमा जोडीतर्फ मेरिल्यान्ड राज्यबाट सहभागी कुल रोक्का र किशोर श्रेष्ठको टिमले प्रथम स्थान हासिल गरेको छ । उक्त टिमले फाइनल खेलमा लगातार दुई सेट जित्दै सोही राज्यबाट सहभागी भीम र निसानको टिमलाई पराजित गरेको हो । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कार तथा पदक प्रदान गरिएको थियो ।

यस्तै एकल ब्याडमिन्टन प्रतियोगितामा कुल रोक्काले प्रथम स्थान हासिल गरे। भर्जिनियाबाट सुमनराज बज्राचार्य बेस्ट फेयर प्ले अवार्ड जित्न सफल भए। डिएमभी युथ एकेडेमीले खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जोडीतर्फ सात तथा एकलतर्फ १४ टिम सहभागी थिए ।

प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष प्रदीप कार्की, बोर्ड सदस्यहरू माधव गौतम, प्रदीप घत्री तथा समाजसेवी हरिराम भण्डारी र अच्युत खनियाले पुरस्कार वितरण गरे । कार्यक्रम सञ्चालन एकेडेमीका बोर्ड सदस्य मिलन गोरखालीले गरेका थिए । एकेडेमीले आगामी दिनमा पनि खेलकुद गतिविधि सञ्चालन गर्ने जनाएको छ ।