६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

ओडिसामा प्रकृति लम्साल मृत्यु प्रकरण : प्रेमी पक्राउ, अनुसन्धान जारी

ओडिसामा प्रकृति लम्साल मृत्यु प्रकरण : प्रेमी पक्राउ, अनुसन्धान जारी

काठमाडौँ : भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन्।

परराष्ट्रमन्त्रालयले आज पत्रकार सम्मेलन गरी मृतक लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । उनी प्रकृतिका प्रेमी भएको बताइएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वतन्त्र र निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताए।