७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

अमेरिका पठाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी युवती पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी युवती पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर बेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट ४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।