६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री
काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन ।
सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको बताएका हुन।
समाजको महत्त्वपूर्ण अङ्गको भूमिका पाएको प्रेस जगत्ले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन।
प्रधानमन्त्रीले भनेका छन– “नेपालको राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको छ । रेडियो नेपालले अब देश विकासका निम्ति सृजनात्मक रूपमा आमनागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको छ । अब हाम्रा सूचना र सन्देश रोजगारी सृजनासँगै नवीन प्रविधिका माध्यमबाट देश विकासको गतिलाई अगाडि बढाउँदै आर्थिक समृद्धिको यात्रामा केन्द्रित हुनुपर्छ ।”