७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

अमेरिकामा तेक्वान्दो निर्णायक काजल सम्मानित

अमेरिकामा तेक्वान्दो निर्णायक काजल सम्मानित

न्युयोर्क- नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएिक छन ।

काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले नगद र सम्मान पत्रले सम्मानित गरिएको ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा अध्यक्ष सुनिल लामाले जानकारी दिए।

प्रशिक्षक लामाका अनुसार काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट तीन सय अमेरिकी डलर र पुष्प थापा मगरबाट एक सय अमेरिकी डलर गरी कुल चार सय अमेरिकी डलर र सम्मान पत्रबाट सम्मान गरिएको हो । काजल अमेरिकाको टेक्कासमा भएको डालास इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्न त्यहाँ पुगेका थिइन।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बनेकि थिइन । त्यसयता उनले जापान, अस्ट्रेलिया र थाइल्यान्डमा निर्णायकको भुमिका निभाइसकेकि छन । उनले जापानको ओसाकामा उत्कृष्ट निर्णायकको अवार्डसमेत जितेकि छन । उन ग्योरोगी र पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय रेफ्री हुन।

च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको छ । यस्तै क्लबले सामाजिक कार्य र विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ ।