२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

नयाँ तीज गीत ‘माईत बरिलै’ सार्वजनिक, भुवन के पोखरेल र यशु भट्टराईको मुख्य भूमिका

नयाँ तीज गीत ‘माईत बरिलै’ सार्वजनिक, भुवन के पोखरेल र यशु भट्टराईको मुख्य भूमिका

काठमाडौं – कलाकार भुवन के पोखरेल र मोडल यशु भट्टराईको प्रमुख अभिनय रहेको नयाँ तीज गीत ‘माईत बरिलै’ सार्वजनिक भएको छ।

गायक खुमन अधिकारी र गायिका मीना बेल्बासेको स्वरमा सजिएको यस गीतमा नवीन घिमिरेको शब्द तथा तेज सिलुवाल (सिन्धुली) को लय–संगीत रहेको छ। म्युजिक भिडियोको निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् भने छायांकन मेहेफुज अन्सारीले गरेका छन्।

भिडियोमा भुवन र यशुको अतिरिक्त छबिलाल बेल्बासे तथा माेतिराज खनालले समेत अभिनय गरेका छन्। गीत मीना बेल्बासे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोको विषयवस्तु, प्रस्तुति र समग्र उत्पादन निकै सशक्त बनेको भन्दै मोडल भुवन के पोखरेलले यसलाई उत्कृष्ट कृति भएको बताएका छन्।

भुवन हालै चर्चामा रहेको टेलिसिरियल ‘सहरीया बुहारी’ तथा हास्य श्रृङ्खला ‘ख्याल ठट्टा’ मा समेत अभिनय गर्दै आइरहेका छन्। उनले हालसम्म तीन दर्जनभन्दा बढी म्युजिक भिडियो र थुप्रै टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन्।

यीमध्ये पनि भुवनको अभिनयले पछिल्ला दिनमा लोकसांगीतिक क्षेत्रमा राम्रो छाप छाडिरहेको छ। तीजको अवसरमा सार्वजनिक भएको ‘माईत बरिलै’ गीतले दर्शकको मन जित्ने विश्वास कलाकार टोलीले व्यक्त गरेका छन्।