२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

जलेश्वर कारागारबाट भागेका २३३ कैदी फर्किए, ३४३ अझै फरार

जलेश्वर कारागारबाट भागेका २३३ कैदी फर्किए, ३४३ अझै फरार

– भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा जलेश्वर कारागारबाट भागेका ५७६ कैदीबन्दीमध्ये २३३ जना फर्किएका छन् भने ३४३ अझै फरार रहेका छन्।

कारागारका जेलर अशोक क्षेत्रीका अनुसार, भागेका कैदीमध्ये ४० जना भारतीय थिए। केही कैदीहरू आफैं फर्किएका छन् भने १२ जनालाई भारततर्फ जाँदै गर्दा भारतीय प्रहरीले पक्राउ गरी कारागारमा फिर्ता गरिएको छ।

जेलर क्षेत्रीले बताए अनुसार, प्रदर्शनकारीहरूले कारागारको तीन तहको ढोका फुटाएर कैदीबन्दी भगाएका थिए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले फरार ३४३ कैदीबन्दीलाई जिल्ला सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य जारी रहेको जानकारी दिए।