२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित स्थायी प्रतिनिधि लोकबहादुर थापा सहभागी हुने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मुलुकको वर्तमान विषम परिस्थितिअनुसार तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउन नसकिएकाले थापाले नै नेपालका तर्फबाट महासभामा प्रतिनिधित्व गर्नेछन्।

राष्ट्रसंघको ८०औँ महासभाको बहस यही असोज ७ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सुरु भएको हो।

यसैबीच केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकिएको भन्ने सूचनाबारे मन्त्रालयले सम्बन्धित मुलुकका नेपाली राजदूतमार्फत जानकारी लिइरहेको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।

उनका अनुसार भिजिट भिसामा नेपालीहरू विभिन्न मुलुकतर्फ जाँदै आएको अवस्थामा उठेका प्रश्नलाई व्यवस्थित बनाउन सम्बन्धित अधिकारीहरूको उपस्थितिमा छलफल गरिएको छ।