२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

काठमाडौँ- कारागार व्यवस्थापन विभागले भदौ २३–२४ का ‘जेनजी’ प्रदर्शनमा भागेका कैदीलाई असोज २० भित्र फर्कन आग्रह गरेका छन।

विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले भने, अझै धेरै कैदी कारागार बाहिरै छन, तोकिएको समयमै नफर्के कानुनअनुसार कारबाही हुनेछ।

फरारलाई लुकाउने वा आश्रय दिने जो–कोहीलाई पनि दोषी मानिनेछ।
जिल्लाबाट नियमित विवरण संकलन, जनप्रतिनिधि र निकायसँग छलफल, समन्वय र खोजीका लागि अन्य संयन्त्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

सूचना वा जानकारी जोसँग भए पनि कार्यदल वा सुरक्षासँग सम्पर्क गर्न आग्रह गरिएको छ।