२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

‘जेनजी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

‘जेनजी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

काठमाडौं – भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुईजनाको परिवारलाई राहत तथा क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

इटहरीमा प्रहरीको गोली लागी ज्यान गुमाएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई संघीय सरकारले प्रत्येकलाई १५ लाख रुपैयाँ (राहत स्वरूप १० लाख र क्षतिपूर्ति स्वरूप पाँच लाख) हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार उक्त रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको हो । साथै, कोशी प्रदेश सरकारले किरिया खर्चका लागि थप एक लाख रुपैयाँ उपलब्ध गराएको पनि प्रजिअ मिश्रले बताए ।