२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

काठमाडौं -झापाको भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय **रमेश परियार**को ‘ग्रेण्डर मेसिन’मा परेर खुट्टा काटिँदा मृत्यु भएको छ।

परियारले सोमबार साँझ आफ्नै घरमा राँगा काट्ने तयारी गर्दै गर्दा बायाँ खुट्टा अचानक मेसिनमा परेपछि गम्भीर घाइते भएका थिए।

उनीलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज लगिएको थियो। तर, अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक **चन्द्रकुमारी चेम्जोङ**ले जानकारी दिए।