२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि

महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि

काठमाडौं – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।

सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित घरमा ल्याइएको शवलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीपछि नदी किनारमा दाहसंस्कार गरिएको हो।

दाहसंस्कार अघि सशस्त्र प्रहरी बलको टुकडीले विपिनलाई सलामी अर्पण गरेको जिल्ला प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए।

शवयात्रामा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, सुरक्षाकर्मी र सयौं स्थानीयवासी सहभागी थिए।

दुई वर्षअघि कृषि अध्ययनका लागि इजरायल गएका विपिन हमासको नियन्त्रणमा परेका थिए। सोही आक्रमणमा सुदूरपश्चिमका अन्य आठ विद्यार्थीले पनि ज्यान गुमाएका थिए।