६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अक्टोबरमा एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल आए

अक्टोबरमा एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल आए

काठमाडौं- नेपालमा अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटक आए, जुन यो वर्षको सबैभन्दा व्यस्त महिना बनेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एशियाबाट करिब २९ हजार, युरोपबाट ४० हजार, अमेरिका र ओसियानाबाट गरी झण्डै २३ हजार, र बाँकी अन्य देशबाट पर्यटक आएका छन्।

जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कुल नौ लाख ४३ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।

अक्टोबरमा भारतबाट सबैभन्दा धेरै, करिब १७ हजार ३०० जना पर्यटक आएका थिए। त्यसपछि अमेरिका, बेलायत, चीन, जर्मनी र अष्ट्रेलियाका पर्यटकको संख्या उल्लेख्य थियो।