१ अशोज २०८३, बिहिबार
17 September 2026, Thursday

अमेरिका-क्यानडा जोड्ने पुलमा ट्रम्पको तगारो: ‘क्षतिपूर्ति नपाएसम्म उद्घाटन हुँदैन’

अमेरिका-क्यानडा जोड्ने पुलमा ट्रम्पको तगारो: ‘क्षतिपूर्ति नपाएसम्म उद्घाटन हुँदैन’

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एउटा नयाँ विवाद झिकेका छन्। यसपटक उनले छिमेकी देश क्यानडासँग जोडिने एउटा महत्त्वपूर्ण पुलको उद्घाटन नै रोकिदिने धम्की दिएका छन्।

कुरा ओन्टारियो (क्यानडा) र मिसिगन (अमेरिका) लाई जोड्ने ‘गोर्डी होवे इन्टरनेसनल ब्रिज’ को हो। ट्रम्पले सामाजिक सञ्जालमा कडा चेतावनी दिँदै भनेका छन्, “जबसम्म अमेरिकालाई निष्पक्ष व्यवहार गरिँदैन र क्यानडाले अमेरिकालाई गरेको योगदानको पूर्ण क्षतिपूर्ति दिँदैन, तबसम्म यो पुल खुल्ने छैन।”

रोचक कुरा त के छ भने, सन् २०१८ बाट बन्न थालेको यो पुलको निर्माण खर्च क्यानडाले बेहोरेको छ। तर, यसको स्वामित्व भने दुवै देशको हुनेछ। परीक्षण सकेर यो वर्षको सुरुमै पुल खोल्ने तालिका थियो। मिसिगनकी सिनेटर एलिसा स्लटकिनले भने पुल रोक्दा अर्थतन्त्र डुब्ने चिन्ता व्यक्त गरेकी छिन्। ट्रम्पले उद्घाटन कसरी रोक्ने हुन् भन्नेचाहिँ स्पष्ट पारेका छैनन्।