२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

कुवेतमा ज्यान गुमाएका ९ नेपालीको शव भैरहवा ल्याइयो

कुवेतमा ज्यान गुमाएका ९ नेपालीको शव भैरहवा ल्याइयो

काठमाडौँ – कुवेतमा विभिन्न समय र कारणले ज्यान गुमाएका ९ जना नेपालीको शव स्वदेश ल्याइएको छ । यसका साथै, कुवेतबाट फिर्ता पठाइएका अन्य नेपालीहरू पनि स्वदेश फर्किएका छन् ।

उनीहरूलाई लिएर कुवेतको विशेष विमान बुधबार भैरहवा विमानस्थलमा ओर्लिएको हो । अहिले नियमित उडानहरू बन्द रहेको जटिल अवस्थामा कुवेतस्थित नेपाली दूतावासको समन्वय र कुवेतको विमान सेवाको सहयोगमा यो विशेष उडान गरिएको हो ।

विमानमार्फत ल्याइएका सबै शव आजै सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको दूतावासले बताएको छ ।