२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नयाँ नियम: विमानस्थलमा टिकटको बिल र रसिद अनिवार्य

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नयाँ नियम: विमानस्थलमा टिकटको बिल र रसिद अनिवार्य

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि नयाँ नियम ल्याएको छ। अब विदेश जाँदा विमानस्थलमा हवाई टिकटको बिल अनिवार्य देखाउनुपर्ने भएको छ। वैदेशिक रोजगार विभागले सोमबार सूचना निकालेर आगामी चैत २९ गतेदेखि यो नियम लागू हुने बताएको हो।

विभागका अनुसार यो नियम व्यक्तिगत रूपमा र म्यानपावर कम्पनीमार्फत जाने दुवै खाले श्रमिकलाई लागू हुनेछ। यसका साथै म्यानपावरबाट जानेहरूले आफूले तिरेको सेवा शुल्कको आधिकारिक रसिद पनि अनिवार्य रूपमा साथमै राख्नुपर्नेछ।

कामदारसँग लिएको रकमको रसिद वा भौचर अनिवार्य दिन विभागले म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ। श्रमिकलाई ठगिनबाट बचाउन र आर्थिक कारोबार पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।