बलात्कारको आरोप लागेका कलाकार ‘बले’ हाजिरी जमानीमा रिहा
- २७ चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार उनलाई परिवारको जिम्मा लगाएर छाडेको हो।
‘अभद्र व्यवहार’को आरोपमा उनलाई पाँच दिनअघि शनिबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो। त्यसयता जिल्ला प्रशासनबाट म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो।
अमेरिकामा बस्ने एक महिलाले बलेविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। ती महिलाले न्युयोर्कको प्रहरीमा जाहेरी दिनुका साथै सामाजिक सञ्जालमा पनि आफूलाई बलात्कार गरेको भनेर लेखेकी थिइन्। सोही कुरा बाहिर आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
अहिलेलाई भने जिल्ला प्रशासनले आवश्यक परेको बेला उपस्थित हुने सर्त राखेर बलेलाई परिवारको जिम्मा लगाएको छ।