अमेरिकी भिजिटर भिसामा के गर्न पाइन्छ र के पाइँदैन?
- १० बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- अमेरिका जाने तयारीमा रहेकाहरूले आफ्नो भिसाको सही प्रयोग गर्नुपर्ने हुन्छ। अमेरिकाले प्रदान गर्ने ‘बी वान/बी टु’ भिजिटर भिसामा जानेहरूका लागि के गर्न मिल्ने र के नमिल्ने भनेर केही नियमहरू तोकिएका छन्।
यो भिसामा अमेरिका जानेहरूले घुमफिर गर्न, बिदा मनाउन र किनमेल गर्न पाउँछन्। त्यसैगरी, आफ्ना साथीभाइ वा आफन्तलाई भेट्न, व्यावसायिक भेटघाट गर्न र विभिन्न सम्मेलन वा कार्यक्रममा सहभागी हुन पनि यो भिसा प्रयोग गर्न सकिन्छ।
तर, यो भिसामा गएर गर्न नपाइने कामहरू पनि छन्। अमेरिकामा बच्चा जन्माउने मुख्य उद्देश्य राखेर जान पाइँदैन। त्यस्तै, अमेरिकी कम्पनी वा व्यवसायबाट तलब बुझ्ने गरी काम गर्न, कुनै शैक्षिक डिग्रीका लागि पढ्न र पैसा लिएर कुनै प्रस्तुति वा कार्यक्रम गर्न पनि यस भिसामा रोक लगाइएको छ।