हामी नेपाली इन्टरनेशनल द्धारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाको सहभागिता, अध्यक्ष केसीद्वारा धन्यवाद व्यक्त
- १४ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क– हामी नेपाली इन्टरनेशनल (HNI) को आयोजनामा न्युयोर्कको क्विन्स सेन्टर मलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मे २६ मा भएको उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।
स्थानीय अस्पतालहरूमा रगतको अभाव हुन नदिन आयोजना गरिएको यो कार्यक्रममा समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता थियो। यसपटक धेरैले पहिलो पटक रक्तदान गरेका छन्, जसले नेपाली–अमेरिकी समुदायमा यस्ता सामाजिक कार्यप्रति चासो बढ्दै गएको देखाउँछ।

कार्यक्रममा संस्थाका अध्यक्ष नवराज केसीले रक्तदान गर्ने सबैप्रति गर्व लागेको बताए। उनले भने, “आज दान गरिएको रगतले कसैको जीवन बचाउन ठूलो मद्दत पुग्छ। आगामी दिनमा पनि हामी यस्ता सेवामूलक कामलाई निरन्तरता दिनेछौँ।”
स्वयंसेवक र रक्तदाताहरूको ठूलो सहयोगले कार्यक्रम सफल भएको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो। यस संस्थाले भविष्यमा पनि यस्ता मानवीय कार्यहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।