२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नेपाल डे परेड २०२६ : तयारी बैठक सम्पन्न

नेपाल डे परेड २०२६ : तयारी बैठक सम्पन्न

न्युयोर्क- नेपाल डे परेड २०२६ को तयारीबारे छलफल गर्न प्रगति बैठक सम्पन्न भएको छ। बैठकमा आगामी कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

बैठकमा कोष संकलन, सांस्कृतिक कार्यक्रमको तयारी र संयोजकहरूको जिम्मेवारीबारे विस्तृत कुराकानी गरिएको थियो। सहभागीहरूले आ-आफ्नो विचार राख्दै कार्यक्रमलाई सफल बनाउने दिशामा महत्त्वपूर्ण प्रगति भएको बताएका थिए।

अध्यक्ष बासु लामिछानेले उपस्थित सबै सदस्यहरूलाई समय, प्रतिबद्धता र निरन्तर सहयोगका लागि धन्यवाद दिए।