११ साउन २०८३, सोमवार
27 July 2026, Monday

इरानसँग वार्ता भइरहेको छ, सैन्य रूपमा पनि तयार छौँ : डोनाल्ड ट्रम्प

इरानसँग वार्ता भइरहेको छ, सैन्य रूपमा पनि तयार छौँ : डोनाल्ड ट्रम्प

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबिच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति गम्भीर देखिएको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानको व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको दाबी गरे।

उनले अमेरिकासँग दुईवटा विकल्प रहेको भन्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो मार्ग’ का रूपमा व्याख्या गरे। ट्रम्पले भने, “हामी सैन्य रूपमा पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा छौँ, तर वार्ता जारी रहेकाले यसबाट के परिणाम निस्कन्छ भन्नेमा ध्यान छ।”

ह्वाइट हाउसमा उच्च सल्लाहकारहरूसँग इरानसँगको द्वन्द्वबारे छलफल गरेपछि उनले यस्तो बताएका हुन्। सीएनएनका अनुसार ट्रम्पले इरानविरुद्धका सैन्य विकल्पहरूबारे पनि छलफल गरेका थिए। इरानी सैन्य ठेगानाहरूमा अमेरिकी सेनाले लगातार १३ रातसम्म आक्रमण गरिरहेको बेला ट्रम्पको यो भनाइ आएको हो। यो कूटनीतिक प्रयास सफल हुन्छ वा अमेरिकाले सैन्य आक्रमण तीव्र बनाउँछ भन्ने विषय अझै स्पष्ट भएको छैन।