१५ साउन २०८३, शुक्रबार
31 July 2026, Friday

सिरहाको गोलबजारमा गोली लागेर १५ वर्षीय किशोरको मृत्यु, अनिश्चितकालीन कर्फ्यु

सिरहाको गोलबजारमा गोली लागेर १५ वर्षीय किशोरको मृत्यु, अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक किशोरको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यादवको मृत्यु भएको पुष्टि गरे। तर, कसले गोली चलाएको हो भन्ने खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको उनले बताए।

अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ। घटनापछि पनि प्रदर्शनकारीले ठाउँ-ठाउँमा प्रदर्शन जारी राखेका छन्।