नयाँ तीज गीत रातो सारीमा छड्के तिलहरी सार्वजनिक
- ३१ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नजिकिँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘रातो सारीमा छड्के तिलहरी’ सार्वजनिक भएको छ। यो गीतमा गायिका शारदा दियाली र गायक खेमराज तिवारीले स्वर दिएका छन्।
गीतको शब्द तथा संगीत जीआर बानियाँले तयार पारेका हुन्। यसमा सन्तोष प्रगाढले संगीत संयोजन गरेका छन् भने मनोज डंगोलले ध्वनि सम्पादन (मिक्सिङ) गरेका हुन्। शिवन पोखरेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा नवीन श्रीष मगर र भावना गुरुङले अभिनय गरेका छन्। साथै, बाल कलाकारका रूपमा योगिता थापालाई पनि भिडियोमा देख्न सकिन्छ।
चितवनको एउटा पार्टी प्यालेसमा छायांकन गरिएको भिडियोमा पदम सिंहले नृत्य निर्देशन गरेका छन्। सुरज खनालले खिचेको यो भिडियोलाई निराजन केसीले सम्पादन गरेका हुन्।