३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

भोटेकोशी बाढी प्रभावितलाई रोयल एवानले गर्‍यो ५ लाख रुपैयाँ सहयोग

भोटेकोशी बाढी प्रभावितलाई रोयल एवानले गर्‍यो ५ लाख रुपैयाँ सहयोग

काठमाडौं – भोटेकोशी बाढीपहिरोबाट प्रभावितलाई रोयल एवान इन्भेस्टमेन्ट प्रालि ५ लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्रभावितको दुःखमा ऐक्यबद्धता जनाउँदै रोयल एवान इन्भेस्टमेन्ट प्रालि संचालक,सेयरसदस्य, कर्मचारी, शुभचिन्तकबाट सहयोगमा ५ लाख ५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सचिव राकेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अध्यक्ष हरि बहादुर श्रेष्ठ (नविन) सहितले टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा पुगेर रकम हस्तान्तरण गरेका हुन्।

पीडित परिवारको दुःखमा व्यवसायीको सानो सहयोगले राहत र पुनःस्थापनामा केही योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका सचिव श्रेष्ठले बताए। उनले भने, ‘पछिल्लो समय देशको अर्थतन्त्र कमजोर हुँदै गएको छ। झन् पछिल्लो समय बाढी/ पहिरोका कारण समस्या बढेको छ। ग्यास अभावले गर्दा व्यवसायीलाई पनि समस्या भएको छ। विगतका वर्षका तुलनामा अर्थतन्त्र चलायमान हुन सकेको छैन। यद्यपि हामी व्यवसायीको सानो सहयोगले पनि प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि राज्यलाई सहयोग हुन्छ भनेर रकम हस्तान्तरण गरेका हौं।’