प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड रुपैयाँ पुग्यो
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा कुल मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेका कोषका खाताहरूमा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ संकलन भएको छ। यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खाताहरूमा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्येबाट सरकारले यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।